एसईई परीक्षामा उपकेन्द्रको व्यवस्था हुने

काठमाडौँ, २० फागुन । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उपकेन्द्र कायम गर्ने गरी तयारी गरिहरेको छ ।

परीक्षामा विद्यार्थी डेरामा बस्नु नपर्ने गरी केन्द्र तोक्ने र परीक्षा केन्द्र टाढा भएमा उपकेन्द्रको विषयमा छलफल चलिरहेको र त्यसअनुसार काम भइरहेको बोर्डले जनाएको छ । तोकिएको परीक्षा केन्द्रहरुमा विद्यार्थी टाढा-टाढाबाट आउनुपर्ने अवस्था देखिएमा उपकेन्द्र कायम गर्न सकिने बोर्डका अध्यक्ष महाश्रम शर्मा बताउनुभयो ।

आवश्यकताको आधारमा परीक्षा उपकेन्द्र तोक्ने अधिकार जिल्ला परीक्षा समन्वय समितिको मिलाउन सक्ने बोर्डले जनाएको छ । पहाडी तथा हिमाली जिल्लाका परीक्षा केन्द्रहरूमा परीक्षा दिन जाने परीक्षार्थीहरू डेरामा बसेर दिनु नपर्ने गरी काम गर्न बोर्डले सुझाव दिएको छ । गत वर्षहरूमा राष्ट्रिय परीक्षा बोर्डले सबै निर्देशनात्मक काम गर्दै आएकोमा यसपटक प्रदेशलाई जिम्मेवार भूमिका दिएको बोर्डको भनाइ छ ।

यो वर्षको एसईई परीक्षाको लागि आवश्यक प्रश्नपत्र भने छपाइ गरेर नै पठाउने बोर्डले तयारी गरेको छ । एसईई दिने विद्यार्थीको संख्या बढी भएकोले अनलाइनमार्फत् प्रश्नपत्र पठाउँदा समस्या हुने देखिएकोले छपाइ गरेको प्रश्नपत्र नै पठाउने बोर्डले जनाएको छ । जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेसनल स्कुलका परीक्षार्थीलाई भने अनलाइनमार्फत् प्रश्नपत्र पठाइने बोर्डले जनाएको छ । त्यहाँका १९ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरुले नेपाललाई क्षतिपूर्ती तिर्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २० भदौ । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६

काठमाडौँ, १९ भदाै । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ जस्ता सैनिक प्रकृतिका गैरसरकारी संस्थाको औचित्यमाथि प्रश्न

काठमाडौँ, १९ भदाै । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको