त्रिविमा डेढ महिनादेखि तालाबन्दी

काठमाडौँ, १६ फागुन । त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारी कार्यालय र सेवा आयोगमा झन्डै डेढ महिनादेखि लागेको ताला अझै खुल्न सकेको छैन । त्रिवि पदाधिकारीहरूले त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको असहयोगका कारण ताला खुल्न नसकेको आरोप लगाएका छन् ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले प्रधानमन्त्री एवं कुलपति देउवा र शिक्षामन्त्री एवं सहकुलपति पौडेलसमक्ष तालाबन्दी खोल्नका लागि पहल गर्न अनुनय विनय गर्दा समेत बेवास्ता गरेको आरोप लगाएका हुन् । तीन पदाधिकारीले प्रम कार्यालय र मन्त्रालयमै गएर कुलपति र सहकुलपतिलाई तालाबन्दी खोल्नका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

शिक्षामन्त्री एवं सहकुलपति पौडेलले त्रिविभित्रको समस्या पदाधिकारीबाटै हल गरिनुपर्ने बताउँदै आएका छन् । प्रम एवं कुलपति देउवाले भने करिब एक महिनादेखि नै यो विषयमा आफू जानकार रहेको भन्दै चाँडै समस्या समाधान गर्ने आश्वासन दिएका थिए। तर अहिलेसम्म ताला खुल्न सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०