खोप लगाइएपछि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

सर्लाही, ४ फागुन । यहाँका विद्यालयले आफ्नो नियमित पठनपाठन सुरु गरेका छन् । कोरोना सङ्क्रमण र खोप अभियान चलेको समयमा खोप लगाउन भन्दै बन्द रहेका जिल्लाका सामुदायिक तथा निजी विद्यालयले आफ्नो पठनपाठनको काम नियमित गरेका हुन् ।

जिल्लाका २० वटै पालिकामा रहेका सामुदायिक तथा निजी, धार्मिकलगायत सबै विद्यालयले विद्यार्थीलाई खोप लगाइसकेका कारण विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरेका शिक्षा विकास तथा समन्वय एकाइ मलङ्गवाले जनाएको छ ।

जिल्लाका पालिकाले सूचना निकालेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने भएकाले विद्यालय बन्द रहने जानकारी गराएका थिए । विद्यार्थीलाई खोप लगाइसकेपछि पुनःसूचना निकालेर पठनपाठन सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिइएको मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले बताए ।

जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्मका एक लाख दुई हजार ९८७ जना विद्यार्थीले मोर्डना खोपको पहिलो मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउने विद्यार्थीको सङ्ख्या भने सङ्कलन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदौ । नेपाल दाना उद्योग संघले सुदूरपश्चिम क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितको राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, १९ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १९ भदौ । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री

काठमाडौँ, १९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ ।  Exchange Rate