कञ्चनपुरमा ६० हजार विद्यार्थीलाई पूर्ण खोप

कञ्चनपुर, २४ माघ । कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्णमात्रा खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले यहाँ सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६० हजारले खोपको दोस्रो मात्रासमेत लगाइसकेको जनाएको छ ।

स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरले अझै विद्यालयहरूमा खोप अभियान सञ्चालनमा रहेको जानकारी दिए । ‘सो उमेर समूहमा तीन हजार जति बालबालिका छुटेकाले हामीले थप खोप माग गरेका छौं’, कुँवरले भने, ‘केही समयपछि छुटेकालाई पनि पहिलो खाप लगाइनेछ ।’

त्यसैगरी यहाँ ८८ प्रतिशत नागरिकले पहिलो मात्रा र ७८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘यहाँको कूल तीन लाख जनसङ्ख्या मध्ये ७८ प्रतिशतले खोप लगाइसके’, उनले भने, ‘भारतबाट स्वदेश फर्किनेलाई पनि गड्डाचौकी र गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षणसँगै खोपसमेत लगाइँदैछ ।’

यहाँ दैनिक २८ देखि ४० जनासम्ममा पछिल्लो समय कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यहाँ ५६५ सक्रिय सङ्क्रमित रहेकामा अधिकांश होम आइसोलेसनमा छन् । कञ्चनपुरमा कोरोना सङ्क्रमणबाट हालसम्म २०८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, २० भदौ । पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । शुक्रबार राति

काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय

काठमाडौँ, २० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार ३४४ को शव फेला परेकाे छ ।  

काठमाडौँ, २० भदौ । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा