(साउन ५, काठमाडौँ) । पत्रकार तथा लेखक त्रिभुवनचन्द्र वाग्लेदुवारा लिखित ‘अबीर’ उपन्यास विमोचन भएको छ ।
राष्ट्रिय समाचार समितिको हलमा भएको विमोचन विमोचन कार्यक्रममा गोरखा पत्र राट्रीय दैनिक पत्रिकाका संपादक वाग्लेको उपन्यास नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सार्वजनिक गरेका हुन ।
वाग्लेको यसअघि दुई कबिता संग्रह प्रकाशित भैसकेको छ भने ‘अबीर’ उनको तेश्रो कृति हो । ‘अबीर’ उपन्यासमा नारीको महत्व, पुरुषले गर्ने व्यवहार र सामाजिक क्षेत्रमा देखिएको राजनितिक विकृतिलाई केलाउन खोजिएको छ ।





