मोदीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल सुरु : काग्रेसको समर्थन टीडीपीलाई

(साउन ४, भारत) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध तेलगु देशम पार्टी (टीडीपी)ले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ भने काग्रेस लगायत विपक्षिदलको पूर्ण समर्थन टीडीपीलाई रहेको छ ।

भारतको केन्द्रीय संसद लोकसभामा बुधबार संसदको वर्षे सत्रको पहिलो दिन टिडिपीका सांसद केसीनेनी श्रीनिवासले मोदी सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

अविश्वासको प्रस्तावमाथि भइरहेको छलफलमा कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री मोदीको कडा आलोचना गरे । आफ्नो भाषण सकेपछि भने गान्धी मोदिको सिटमा गए र उनीसँग अंकमाल गरे ।

लोकसभामा कुल सिटको सङ्ख्या ५४३ छ तर त्यसमा ९ सिट खाली छ । यसको अर्थ लोकसभामा अहिले कुल ५३४ सांसद छन् । यस हिसाबले लोकसभामा सामान्य बहुमतको लागि २६८ सांसद आवश्यक पर्छन् ।

भारतीय जनतापार्टीको साथमा अहिले २७२ सांसद र एक लोकसभा अध्यक्षसहित २७३ सङ्ख्या छ । अहिले लोकसभामा भारतीय जनता पार्टी सबैभन्दा ठूलो पार्टी हो ।

त्यस्तै सत्तारुढ गठबन्धनका सहयोगी दलका गरी एनडिएसँग ३११ सांसद हुनेछन् । यसमा शिवसेनाका १८, एलजेपीका ६, अकाली दलका ४, आरएलएसपीका ३, जेडियुका २, अपना दलका २, एनआर कांग्रेसका १, र पिएमकेका एक र एनपीपीका १ सांसद छन् ।

लोकसभाका प्रवक्ताका अनुसार अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि शुक्रबार ६ बजेदेखि भोटिङ सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र