मन्डेलाको १०० औं जन्मजयन्ती : जेलबाट लेखेका पत्रहरु सार्वजनिक

(साउन २, एजेन्सी) । दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मन्डेलाको आज सयौं जन्मजयन्ती मनाउदौं उनले जेवलवाट लेखेका पत्रहरु सार्वजनिक भएको छ ।

उनको जन्म १९१८ जुलाई १८ का दिन दक्षिण अफ्रिकाको मेभजोमा भएको थियो । संयुक्त राष्ट्र संघले २००९ जुलाई १८ लाई नेल्सन मन्डेला अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ । सरकारविरुद्ध आन्दोलन गरेकाले उनलाई १९६२ देखी १९९० सम्म जेलमा राखिएको थियो । उनले जातीय भेदभाव र विभाजनविरुद्ध नेल्सन मन्डेलाले लामो संघर्ष गरेका थिए ।

२७ वर्षसम्म जेल जीवनका क्रममा उनले धेरै पत्र लेखेका थिए । त्यही पत्रहरुको संगालोलाई उनको जन्मदिनको अवसर पारेर डी प्रिसन लेटेरस अफ नेल्सन मन्डेलाले जेलमा लेखिएका नेल्सन मन्डेलाका पत्रहरु भन्ने किताब सार्वजनिक गरिएको छ । नेल्सन मन्डेलाले आफ्नी श्रीमती, छोरीहरु, नजिकैको साथीहरुलाई लेखेका धेरै भावनात्मक पत्रहरु पुस्तकमा प्रकाशन गरिएको हो ।

जेलमै रहेर कानुनमा स्नातक गरेका नेल्सन मन्डेलाले लेखेका २५० पत्रहरु सो किताबमा रहेका छन् । सन् १९९३ मा शान्तिपूर्वक दक्षिण अफ्रिकाबाट अपारथिड शासन ९जातीय विभाजन र विभेदयुक्त शासन० पद्धतिलाई पराजति गर्दै दक्षिण अफ्रिकामा प्रजातन्त्रको नयाँ आधार स्थापना गरेकोमा नेलसन मन्डेला र फेडरिक विल्लियम डी क्लर्कलाई संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

सन् १९९४ देखी १९९९ सम्म दक्षिण अफ्रिकाको राष्ट्रपति बनेका मन्डेलाको मृत्यु २०१३ डिसेम्बर ५ मा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको