मन्डेलाको १०० औं जन्मजयन्ती : जेलबाट लेखेका पत्रहरु सार्वजनिक

(साउन २, एजेन्सी) । दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मन्डेलाको आज सयौं जन्मजयन्ती मनाउदौं उनले जेवलवाट लेखेका पत्रहरु सार्वजनिक भएको छ ।

उनको जन्म १९१८ जुलाई १८ का दिन दक्षिण अफ्रिकाको मेभजोमा भएको थियो । संयुक्त राष्ट्र संघले २००९ जुलाई १८ लाई नेल्सन मन्डेला अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ । सरकारविरुद्ध आन्दोलन गरेकाले उनलाई १९६२ देखी १९९० सम्म जेलमा राखिएको थियो । उनले जातीय भेदभाव र विभाजनविरुद्ध नेल्सन मन्डेलाले लामो संघर्ष गरेका थिए ।

२७ वर्षसम्म जेल जीवनका क्रममा उनले धेरै पत्र लेखेका थिए । त्यही पत्रहरुको संगालोलाई उनको जन्मदिनको अवसर पारेर डी प्रिसन लेटेरस अफ नेल्सन मन्डेलाले जेलमा लेखिएका नेल्सन मन्डेलाका पत्रहरु भन्ने किताब सार्वजनिक गरिएको छ । नेल्सन मन्डेलाले आफ्नी श्रीमती, छोरीहरु, नजिकैको साथीहरुलाई लेखेका धेरै भावनात्मक पत्रहरु पुस्तकमा प्रकाशन गरिएको हो ।

जेलमै रहेर कानुनमा स्नातक गरेका नेल्सन मन्डेलाले लेखेका २५० पत्रहरु सो किताबमा रहेका छन् । सन् १९९३ मा शान्तिपूर्वक दक्षिण अफ्रिकाबाट अपारथिड शासन ९जातीय विभाजन र विभेदयुक्त शासन० पद्धतिलाई पराजति गर्दै दक्षिण अफ्रिकामा प्रजातन्त्रको नयाँ आधार स्थापना गरेकोमा नेलसन मन्डेला र फेडरिक विल्लियम डी क्लर्कलाई संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

सन् १९९४ देखी १९९९ सम्म दक्षिण अफ्रिकाको राष्ट्रपति बनेका मन्डेलाको मृत्यु २०१३ डिसेम्बर ५ मा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र