छात्रा वृत्ति र मानव संशाधनको विकास : जापानद्वारा साढे २७ करोड अनुदान सहयोग

(असार २९, काठमाडौं) । जापान सरकारले नेपाली विद्यार्थीलाई छात्रा वृत्ति प्रदान गर्न र मानव संशाधनका विकासको लागि २७ करोड ४० लाख रुपैयाँ बराबरको अनुदान सहयोग गर्ने भएको छ ।

शुक्रबार अर्थमन्त्रालयमा अर्थसचि डा. राजन खनाल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोबीच सहमतिमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा वोल्दै अर्थ सचिव डा. खनालले विगतदेखि जापान लगायतका दातृ निकायले गरेको यस्ता सहयोगबाट नेपालको सामाजिक आर्थिक विकासमा सहयोग पुग्ने बताए । उनले यस्तो रकमको दुरुपयोग नुहने समेत प्रतिबद्धता जनाए ।

त्यस्तै, राजदूत साइगोले दुई देशबीच आर्थिक सम्ब‍न्ध थप मजबुत भएको बताए । सहयोग आदानप्रदान पनि भइरहने र नेपालको विकासमा जापानले सहयोग पुर्‍याउने बताए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट

काठमाडौँ, ११ असोज । अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार

काठमाडौँ, ११ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ