अविरल वर्षा अझै दुईदिनसम्म रहने : सतर्क रहन आग्रह

(असार २८, काठमाडौं) । अविरल वर्षा आगामी शनिबारसम्म सम्भावना रहेकाले सम्पूर्ण सर्वसाधारणलाई सतर्क रहन मौसमविदले आग्रह गरेका छन् ।

मनसुन सक्रिय भएकाले पूर्वदेखि पश्चिमसम्म भारी वर्षाको सम्भावना रहेको मौषम विभागले जनाएको छ । मौसम विज्ञान विभागले बिहीबारदेखि शनिबारसम्मको मौसमी अवस्थाबारे सूचना नै निकालेर जानकारी पनि दिएको छ । सूचनामा लेखिएअनुसार बिहीबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ । साँझ र राति पनि देशभरि नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ ।

त्यस्तै बिहीबार राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जानकारी दिएको छ । त्यस्तै शुक्रबार दिउँसो र साँझ मध्यम खालको वर्षाको सम्भावना रहे पनि रातिको समयमा भारी वर्षाको हुने अनुमान गरिएको छ । शनिबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमी भूभागका धेरै स्थानहरु र पूर्वका केही स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट

काठमाडौँ, ११ असोज । अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार