सर्वोच्च अदालत वारको निर्वाचन : पेशागत, प्रगतिशिल समुहको पल्ला भारी हुने

(असार २२, काठमाडौं) । सर्वोच्च अदालत वार एशोसिएशनको आगमि २३ गते हुन लागिरहेको निर्वाचनमा पेशागत, प्रगतिशिल समुहको पल्लाभारी हुने लगभग निश्चित जस्तै देखिएको छ ।

प्रत्येक दुई दुई वर्षमा सम्पन्न हुने सर्वोच्च अदालत वार एशोसिएशनको निर्वाचन यस पटक आगामि असार २३ गते हुन गईरहेको छ । उक्त निर्वाचनमा दुईवटा समुहविच अत्याधिक प्रतिष्पर्धा हुने भएको छ । पेशागत,प्रगतिशिल समुहले सर्वोच्च अदालत वारमा क्रियाशिल रहेका विभिन्न समुहलाई समेटेर ‘पेशागत, प्रगतिशिल, मधेशी, आदिवासी तथा देशभक्त कानून व्यवसायी समुह’ निमार्ण गरी वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी अध्यक्ष, अधिवक्ता राजु खड्का उपाध्यक्ष, अधिवक्ता वासुदेव सिग्देल सचिव, अधिवक्ता पुण्य शिला दवाडी घिमिरे सहसचिव, अधिवक्ता धनन्जय खनाल कोषाध्यक्ष, सदस्यहरुमा अधिवक्ताहरु क्रमशः राजु आचार्य, कृष्णप्रसाद न्यौपाने, राजाराम उपाध्याय भट्टराई, अनन्त कार्की, पुष्पराज पौडेल, दिपेन्द्र कुमार राई, दीपनारायण शाह, मुरारी प्रसाद सापकोटा र मकुन्द न्यौपाने हुनुहुन्छ । जसमा पदाधिकारीहरु र महिला सदस्यतर्फ सबैको क्रमसंख्या १ र सदस्यहरुमा क्रमसंख्या १ देखि ९ सम्म हुने गरी उम्मेदवारी दर्ता गराइएको छ ।

उक्त समुहले आज एक भब्य समारोहविच आफ्नो बृहत चुनावी सभाको कार्यक्रम सम्पन्न गरेको छ । उक्त समुहमा आवद्ध सवै पक्षहरुको उपस्थितीसहित सर्वोच्च अदालत वारका मतदाता सदस्यहरुको व्यापक उपस्थिती रहेको उक्त कार्यक्रमबाट अव यो समुहको विजयलाई कसैले रोक्न नसक्ने निष्कर्ष निकालिएको छ । उक्त कार्यक्रममा उपस्थित वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुले यो समुह विजय सन्निकत रहेको बताएका छन् । बरिष्ठतम बरिष्ठ अधिवक्ता सबैका गुरुदेव कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा अतिथिको रुपमा रहेका बिभिन्न वक्ताहरुले यो समुहको विजय सुनिष्चित रहेको बताउँदै यो समुहको विजयपश्चात सर्वोच्च वारमा एक हिसावले गुणात्मक परिवर्तन आउने निश्चित रहेको बताए । त्यस्तै वक्ताहरुले कुनै पनि कुरा वोल्ने भन्दा पनि त्यसलाई काम गरेर देखाउनु पर्ने वताएका छन ।

सोही कार्यक्रममा अध्यक्षको उम्मेदवारको रुपमा रहेका वरिष्ठ अधिवक्ता खगेन्दप्रसाद अधिकारीले आफ्नो समुहको उम्मेदवारी किन भन्ने वारेमा प्रष्ट पार्दै आफ्नो समुहको प्रतिवद्धताहरु समेत प्रस्तुत गरेका थिए । सर्वोच्च वारमा तत्कालै गर्नुपर्ने विषयहरुलाई न्यायपालिका वार र पेशागत हकहितका सम्बन्धमा, वरिष्ठ अधिवक्ताको उपाधि दिन अपनाउनु पर्ने मापदण्डका सम्वन्धमा, सेवाग्राहिहरुले प्रत्यक्ष महशुस गर्ने अदालति प्रकृयामा रहेको असहजतालाई सहज वनाउने, सर्वोच्च वारको आफ्नै प्रविधिमैत्री भवन वनाउने आदि विषयमा प्रष्ट्याउँदै आफ्नो मन्तव्य राखेका थिए ।

यसै विच सर्वोच्च अदालत वारको निर्वाचन गराउन गठित निर्वाचन आयोगले दुवै समुहलाई समावेश गरी परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । उक्त सामुहिक कार्यक्रममा यस समुहका अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी, उपाध्यक्षका प्रत्यासी अधिवक्ता राजु खड्का र सचिवका प्रत्यासी वासुदेव सिग्देललगायत सम्पूर्ण सदस्यहरुले आफनो व्यक्तिगत परिचय सहित समुहको तर्फवाट सामुहीक प्रतिवद्धता प्रस्तुत गरेका थिए । यस समुहवाट राखिएको प्रतिवद्धतालाई अधिकाशं सहभागिहरुबाट रुचाइएको पाइएको र आजको कार्यक्रममा भएको उपस्थितीवाट पेशागत प्रगतिशिल पक्षको पल्लाभारी हुने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट

काठमाडौँ, ११ असोज । अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार

काठमाडौँ, ११ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ