नेपालगञ्ज डुबानमा, नदी किनारका बस्तीमा ‘हाई अलर्ट’

(असार १८, नेपालगञ्ज) । अबिरल वर्षाको कारण बाँकेको नेपालगञ्ज डुबानमा परेसँगै सुरक्षाकर्मीलाई हाइअलर्टमा राखिएको छ ।

वर्षाका कारण नेपागञ्जको न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र जलमग्न भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ ।

डुवानका कारण मानिसको दैनिक जीवनमा समस्या सिर्जना भएको छ भने विभिन्न प्रकारका रोगहरुको संक्रमणले ग्रसित हुनुपर्ने समस्या सिर्जना हुन सक्ने देखिएको छ । डुवानका कारण यातायात, विद्यालय, सरकारी तथा गैससरकारी संघसंसाथमा कार्यरत कर्मचारी लगायतलाई समस्या सिर्जना भएको छ ।

वषरले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचित गरेको छ । उद्धारका लागि सुरक्षाकर्मीलाई ‘हाईअलर्ट’मा राखिएको छ ।

भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १४ असार । बारासँग सीमा जोडिएको नेपाल–भारत सीमामा २ किलो अफिमसहित दुई नेपाली नागरिक र एक भारतीय नागरिक पक्राउ

काठमाडौँ, १४ असार । हाल कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म

काठमाडौँ, १४ असार ।२०८३ साल असार १४ गते आइतबार सन् २०२६ जुन २८ तारिख। जेठ शुक्ल पक्षको चतुदर्शी तिथि ।

जनकपुरधाम, १३ असार । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ