प्राविधिक शिक्षा उच्च प्राथमिकता, सबै प्रदेशमा प्राविधिक शिक्षालय : मन्त्री पोखरेल

(असार १३, काठमाडौं) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा विस्तारका लागि सरकारले उच्च प्राथमिकता दिदैं सबै प्रदेशमा उच्च प्राविधिक शिक्षालय स्थापना गर्ने जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूको प्रश्नका जवाफ दिँदै मन्त्री पोखरेलले यो आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रमा कूल बजेटको १०.२३ प्रतिशत विनियोजन भएको बताए ।

मन्त्री पोखरेलले बर्तमान सरकारले शिक्षाको निम्ती फड्को मार्ने क्रममा वालवालिकालाई विद्यालय भर्ना अभियन समेत संचालन गरेको जसवाट लाखौ वालवालिकाहरु विद्यायलय गई शिक्षा आर्जन गर्न थालिसकेको बताउँदै अव वाँकी रहेका अथवा विद्यालय भर्ना हुन नसकेका वालवालिकालाई पनि विद्यालयमा भर्ना गर्ने वातावरणको सिर्जना गर्ने बताए ।

मन्त्री पोखरेलले सबै प्रदेशमा इञ्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन अगाडि बढाइएको भन्दै भने, “नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवनलगायतका विश्वविद्यालयलाई उचित बजेट विनियोजन भएको छ, चालु शैक्षिकसत्रमा पाठ्यपुस्तक अभाव देखिएन, दलित, जनजाति, सीमान्तकृत बालबालिकालाई छात्रवृत्तिसहित दिवा खाजाको व्यवस्था गरिएको छ ।”

मन्त्री पोखरेलले कुनै पनि ठाउँ वा तहमा कसैको पहुँचका भरमा विश्वविद्यालय स्थापना नहुने भन्दै सरकारले सवै ठाउँमा अध्ययन गरी आवश्यकता मात्रामा विश्वविद्यालय स्थापना गर्नेमा कुनै संका नगर्नन सांसदहरुलाई आग्रह गरे ।

मन्त्री पोखरेलको जवाफमा पूरक प्रश्न गर्दै सांसदहरुले विश्व विद्यालयक खोल्ने तरिका परिवर्तन, माध्यमिक परक्षामा कस कसले कुन ग्रेड ल्याए तथा विद्यालयम शिक्षालाई आधुनिक बनाउनको निम्ती विज्ञान विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १४ असार । बारासँग सीमा जोडिएको नेपाल–भारत सीमामा २ किलो अफिमसहित दुई नेपाली नागरिक र एक भारतीय नागरिक पक्राउ

काठमाडौँ, १४ असार । हाल कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म

काठमाडौँ, १४ असार ।२०८३ साल असार १४ गते आइतबार सन् २०२६ जुन २८ तारिख। जेठ शुक्ल पक्षको चतुदर्शी तिथि ।

जनकपुरधाम, १३ असार । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ