अपांगता भएकी छोरीलाई ‘तीनमहिने सुई’ !

काठमाडौँ, २८ असार । रोल्पाकी सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन। द्वन्द्वकालमा शारीरिक हिंसासमेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मानसिक रूपले अपांगताको सिकार भएकी छन्। विपन्न परिवारकी उनी दिनभर मजदुरी गर्न गएको समयमा उमेर पुगेकी छोरी जथाभावी हि“ड्न थालेपछि सावधानी अपनाउँदै उक्त सुई रोज्नुपरेको बताउँछिन्।  

खराब नियत भएका पुरुषहरूको चंगुलमा परेकी छोरीको गत साल गर्भपतन गराउनुपरेपछि सरलाले छोरीका लागि तीन महिने सुई विकल्पका रूपमा रोजेकी हुन्। ‘म दिनभर मजदुरी गर्न जान्छु। छोरी एक्लै यताउति हिँड्छे। पोहर कुन चाहि पापीले छोरीमाथि जथाभाबी गरेछ। जसोतसो अस्पताल लगेर बच्चा फाल्नुप-यो,’ उनी भन्छिन्, ‘दिशा, पिसाब र महिनावारीसमेत स्याहार्न नसक्ने छोरीलाई मन दुखाएर भए पनि तीनमहिने सुई लाइदिने गरेकी छु।’

माओवादी द्वन्द्वताका २०६० सालमा सुरक्षाकर्मीबाट घरछेउमै बलात्कारमा परेकी थिइन् सरला। त्यही पिरले रक्सी पिउने भएका पति अर्को वर्ष २०६१ सालमा बितेपछि उनको जीवनमा अर्को पीडा थपियो। उपचार अभावमा आठ वर्षका छोरासमेत गुमाएकी सरला यतिबेला बस्ने ठाउँ नभएपछि माइतीको शरणमा छिन। ‘दुई छोरी बिहे गरेर घर गइसके। छोरो सानैमा बितेको हो। आफ्नो भन्ने काही छैन। अहिले माइतीघरमा बसेकी छु।’ कहीँकतैबाट कुनै सहयोग नपाएकी सरला द्वन्द्वपीडितको तथ्यांकमा पनि अटाएकी छैनन्।

यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । माइक्रोसफ्टले कर्मचारी कटौती गर्ने घोषणा गरेको केही दिनमै ३६.६ अर्ब अमेरिकी डलरभन्दा बढी त्रैमासिक नाफा कमाएको

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०