जिल्लाव्यापी अन्तरविद्यालय खुल्ला एकल नृत्यु प्रतियोगिता सुरु

(असार ३, भक्तपुर) । नृत्य निर्देशक संघ भक्तपुर शाखाले लुज : आर्ट सर्कल गठ्ठाघरमा आयोजना गरेको भक्तपुर जिल्लाव्यापी अन्तरविद्यालय खुल्ला एकल नृत्यु प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ ।

नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवन श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियासिल पत्रकार मञ्च भक्तपुरका अध्यक्ष एवं कथाकार रमेश गिरी “आशा”, नृत्य निर्देशक संघका उपाध्यक्ष संजय शर्मा राजोपाध्याय, र महासचिव नृपध्वज खत्रीले संयुक्त रुपमा दीप प्रज्वलन गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।

प्रतियोगितामा ४० वटा विद्यालयका २१६ जना विद्यार्थीको सहभागिता रहेको जानकारी दिदै संघका केन्द्रीय सदस्य एवं लुज ः आर्ट गठ्ठाघरका प्रमुख ऋषिकेश श्रेष्ठले जानकार दिनुभयो ।

पहिलो चरणमा अडिसनका रुपमा भएको शुक्रवारको प्रतियोगितामा छनौट भएका प्रतियोगितालाई अरु दुई चरणको प्रतियोगितामा सहभागि गराउँदै आगामी साउन १६ गते फाईनल प्रतियोगिता हुने संघका भक्तपुरका अध्यक्ष द्धारिका अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई पुरस्कार, प्रमाणपत्र र शिल्ड प्रदान गरिने भएको छ ।

उद्घाटन कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष श्रेष्ठ, महासंघ भक्तपुरका अध्यक्ष बुढाथोकी लगायतले नृत्यलाई मनोरञ्जनको रुपमा मात्रै लिन नहुने बताउँदै प्रतियोगिताले व्यक्तिदेखि राष्ट्रसम्मलाई पुर्याउने योगदानकोबोरमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट