(असार १, काठमाडौं) । नेपालमा लोडसेडिङको अन्त्यको प्रयास भईहदा जननिर्वाचित दुई वडाध्यक्षलाई विद्युत चोरीको आरोपमा पक्राउ गरेको छ ।
विद्युत चोरी नियन्त्रण गर्न विहिवार नेपाल विद्युत प्राधिकरणको टोलिले काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरी जिल्लाको तिरहुत गाउपालिका वडा नं. ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
वडाध्यक्ष लम्साललाई ४१ हजार २ सय ८७ रुपैया जरिवाना तिरी छुटेका छन् भने चौधरी १५ हजार तिरि छुटेका छन् ।
गृहमन्त्री रामवहादुर थापा, उर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन, प्रहरी प्रमुख सर्वेन्द्र खनाल, विद्याुत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ लगायतको छलफलले चोरी नियन्त्रणको परिणाम मुखी कार्य गर्न निर्देशन दिएका थिए ।





