आधा उडान घटाउन प्राधिकरणको निर्देशन

काठमाडौँ, १८ बैशाख । आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान संख्या आधा घटाउन निर्देशन दिएको छ । 

काठमाडौंमा निषेधाज्ञा भएपनि जारी रहेको आन्तरिक उडानलाई थप अनुशासित बनाउन भन्दै प्राधिकरणले यसअघिको उडान अनुमतिको तुलनामा आधाभन्दा बढी तालिका नबनाउन निर्देशन दिएको हो । 

यात्रु न्यून भएको बेला कम्पनीहरुले स्वभाविक रुपमा संख्या घटाएपनि यात्रु धेरै हुँदा संख्या बढाउनसक्ने भएको भन्दै प्राधिकरणले यसअघि स्वीकृत तालिकाको पचास प्रतिशतमात्र संख्या कायम गर्न निर्देशन दिएको हो। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।