काठमाडौँ, १५ बैशाख । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन ७ सयले घटेर प्रतितोला ९० हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजारमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





