काठमाडौँ, १४ बैशाख । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन १ सयले घटेर प्रतितोला ९१ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ७ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





