नेप्से करिब ७६ अंकले घट्यो

काठमाडौँ, १२ बैशाख । आज नेप्से परिसूचक करिब ७६ अंकले घट्यो । नेप्से परिसूचक ठूलो अंकले घटेर पुनः २६ सय तल झरेकाे छ । आज अधिकांश कम्पनीहरुको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । समूहगत परिसूचकहरु पनि सबै घटेका छन् ।

आजमात्रै कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक भएको थियो । विवरण अनुसार कुमारी बैंकले २ अर्ब माथि नाफा आर्जन गरेको छ । अन्य धेरै सूचकहरु पनि सकारात्मक छन् । तर यहिँ कम्पनीको सेयर मूख्य पनि बढ्न सकेन ।

यता सर्वसाधारणतर्फको सेयर मूल्य वृद्धि नभए पनि आइतबार धेरै कमाउनेको शिर्ष स्थानमा कुमारी बैंक नै देखिएको छ । यस बैंकको सर्वसाधारण तर्फको सेयर मूल्य बढ्न नसके पनि संस्थापक समूहको सेयर मूल्य १४ रुपैयाँले बढेर प्रतिकित्ता ११४ रुपैयाँ पुगेको छ ।

धेरै कमाउनेको शिर्ष स्थान कुमारी देखिदा महिला लघुवित्त दोस्रो नम्बरमा देखिएको छ । यस संस्थाको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात १९४ रुपैयाँले वृद्धि भएर २ हजार १ सय ३६ रुपैयाँ पुगेको छ । तेस्रोमा देखिएको विशाल बजारको सेयर मूल्य ३१६ रुपैयाँले बढेर ३ हजार ४ सय ८४ रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।