बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति

काठमाडौँ, ३० चैत । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लुको त्रासमा पशुपन्छी तथा दाना नष्ट गरेका किसानलाई क्षतिपूर्ति दिने भएको छ । पत्यकालगायत विभिन्न ठाउँमा गरी हालसम्म छ ठाउँमा बर्डफ्लु रोग फेला परेको थियो । त्यस क्रममा कृषि मन्त्रालयअन्तर्गतको पशु सेवा विभागबाट खटिएका टोलीले हजारौँ पशुपन्छी नष्ट गरेका थिए । ती सबैको क्षतिपूर्ति दिन लागेको पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिए ।

उपत्यकाको काठमाडौँको तारकेश्वर नगरपालिका तथा ललितपुरको नख्खु क्षेत्रमा बर्डफ्लु फेला परेको थियो । त्यसमध्ये तारकेश्वर जहाँ तीन ठाउँमा फेला परेको थियो । त्यहाँका किसानलाई करिब एक करोड रुपियाँ क्षतिपूर्ति दिन लागेको उनले जानकारी दिए । नख्खु क्षेत्रमा भएको क्षतिबारे लागत सङ्कलन गर्ने काम भइरहेको छ ।

त्यहाँका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिएको प्रवक्ता ढकालले बताए । बर्डफ्लु रोगका कारण जुन किसानको पशुपन्छी, अण्डा तथा दानालगायत अन्य केही नष्ट गरिएको छ भने त्यसको लगत सङ्कलन गरी ती किसानलाई क्षतिपूर्ति दिने तयारी भइरहेको छ । तारकेश्वरको किसानको बैङ्क खाता नम्बर सङ्कलन पनि भइसकेको छ । सबै किसानको खातामा नै रकम पठाउने तयारी भइरहेको उनले बताए । तारकेश्वरमा करिब ५० जना किसानले क्षतिपूर्ति पाउने भएका छन् । उपत्यकामा सङ्घीय सरकारले क्षतिपूर्ति दिन लागेको छ भने उपत्यकाबाहिर जाजरकोट र सुर्खेतमा कर्णाली प्रदेश सरकारले क्षतिपूर्ति दिने उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।