युवा संघ र वाइसिएल नेपाल एकीकरण : यस्तो छ तयारी

(जेष्ठ २८, काठमाडौं) । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणका लागि गठित कार्यदलले यही जेठ ३० गते युवा संघको स्थायी कमिटी बैठक बोलाएको छ । सोही दिन वाइसिएलको पनि केन्द्रीय सचिवालय बैठक बस्ने र ३१ गते सोही कमिटीको संयुक्त बैठक बस्ने र एकताका लागि भएका कार्यक्रमको समीक्षा गरिने बताइएको छ ।

पार्टीले युवा संघका इन्चार्ज महेन्द्रबहादुर पाण्डे, वाइसिएलका इन्चार्ज मणि थापा तथा युवा संघका अध्यक्ष रमेश पौडेल र वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) रहेको कार्यदल गठन गरेको थियो ।

युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणपछि निर्माण हुने संगठनलाई तल्लो तहदेखि नै शक्ति सन्तुलनको सिद्धान्तमा अगाडि बढाइने भएको छ । एकीकरणका लागि गठन गरिएको विधान तथा संगठन मस्यौदा समितिले माक्र्सवाद र लेलिनवादलाई सैद्धान्तिक आधार बनाउने र देशभरका संगठनमा शक्ति पृथकीकरणलाई अभ्यास गरिने कार्यविधि तयार गरेको छ ।

तल्लो तहमा नयाँ संगठनलाई सशक्त तथा प्रभावकारी बनाउने र युवाबीच लोकप्रिय कार्यक्रम लैजाने समझदारी भएको युवा संघका महासचिव नरेश शाहीले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टीले वैचारिक दृष्टिकोणका रूपमा अवलम्बन गर्ने भएपछि त्यसका सबै जनवर्गीय संगठनको वैचारिक तथा सैद्धान्तिक नीति त्यसैमा आधारित हुनेछ ।

विधान र संगठन कस्तो निर्माण गर्ने, कस्तो सांगठनिक संरचना तयार गर्ने, संगठनलाई कसरी युवामैत्री बनाउने, संगठनको विधि र प्रक्रिया के हुनेलगायत विषयमा प्रतिवेदन तयार हुने क्रममा छ । मुलुकमा युवा वर्गलाई व्यावसायिक र सीपमूलक शिक्षा प्रदान गरी उत्पादनसँग जोड्ने, युवा सशक्तीकरणलगायत विषयमा समेत आइतबार बसेको बैठकले छलफल गरेको थियो ।

दुई पार्टी एकीकरण भएपछि जनवर्गीय संगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने भनिएकाले त्यसका लागि आवश्यक समन्वय र सहकार्य भइरहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका