प्रदेश १ को नीति तथा कार्यक्रम : प्रदेशको शान, सवैको अनुहारमा मुस्कान

(जेष्ठ २७, विराटनगर) । एक नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै एक नं. प्रदेशको शान, सवैको अनुहारमा मुस्कान भन्ने मुख्य नाराका साथ प्रस्तुत गरेको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा एक नम्बर प्रदेशलाई देशकै नमुना प्रदेशको रुपमा लैजाने उल्लेख गरिएको छ । प्रदेशमा सरकारी संरचना, निजी, सहकारी र घरेलुस्तरमा समेत उपलब्ध हुने रोजगारीका अवसरको सम्बन्धमा अध्ययन गरी तादाम्य गर्ने नीति लिईने जनाइएको छ । रोजगारी सिर्जना हुने अवसरलाईसमेत ध्यानमा राखी प्राविधिक एवं जीवनोपयोगी शिक्षा तथा सीप विकासमा जोड दिने बताईएको छ ।

भू–उपयोग नीति, कृषिलाई पहिलो प्राथमिकता दिन कृषि उपजको लागत मूल्य घटाउदैं उत्पादन र उत्पादकत्व वृद्धि गरेमा सवारी साधन, पूँजीगत अनुदान, प्रविधि सुधार, कृषिको यान्त्रीकीकरण, मल, विउ आदिमा अनुदान दिने नीति अवलम्बन गरिएको छ ।

जमीनको चक्लाबन्दी वा करार खेतीको माध्यमबाट खेती गर्न प्रोत्साहन गर्दै एक समूह वा एक सहकारी एक उत्पादन को नीति लिई स्थानीयस्तरमा उपलब्ध हुने उत्पादनशील अवसरलाई उपयोग गरी उत्पादन गरौं प्रदेश समृद्ध बनाऔं भन्ने नीति सरकारको निति कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशलाई खाद्यान्न, फलफूल, तरकारी, दूध, अण्डा र मासु आदिमा आत्मनिर्भर बनाउने नीति लिएको छ ।
कृषिलाई प्राथमिकतामा राखेर ल्याईएको नीति तथा कार्यक्रमले पर्र्यटन प्रवर्द्धन तथा प्रचार प्रसारलाई पनि उच्च प्राथमिकतामा राखेको छ ।
गरिब घरपरिवार परिचयपत्रधारीहरुलाई शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा भौतिक पूर्वाधारहरु निर्माणको सम्बन्धमा रोजगारीको लागि प्राथमिकता दिने प्रभावकारी नीति बनाईने उल्लेख गरिएको छ ।

प्रदेशमा उत्पादित मालसामान तथा वस्तुहरुको निर्यातमा देखापरेका कानूनी, नीतिगत, प्रकृयागत, संरचनागत जस्ता समस्या अध्ययन गरी निराकरण गर्न आन्तरिक तथा बाह्य निर्यात प्रवद्र्धनमा जोड दिने भएको छ । एक नम्बर प्रदेशको शान, सवैको अनुहारमा मुस्कान भन्ने नाराकासाथ यस प्रदेशको विकास र समृद्धिमा पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनलाई उच्च प्राथमिकतामा राखेको छ ।

पर्यटकीय महत्वका स्थान र आसपासका युवाहरुलाई पर्यटन उद्यममा प्रेरित गर्न र स्वरोजगार बनाउन, अतिथि सत्कार, साना आवास (होम स्टे), भोजन तथा जलपान गृह सञ्चालनसम्बन्धी तालीम र सहुलियत ऋण पूँजीको व्यवस्था गरिने गरी निति तथा कार्यक्रममा ल्याईएको छ ।विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय उडानसमेत गर्ने गरी प्रदेशको मुख्य विमानस्थलको रुपमा विकास तथा स्तरोन्नति गर्ने, विशेषगरी सार्क क्षेत्रका देशका पर्यटकहरुलाई आकर्षण गर्ने गरी सिधा हवाई सेवा सञ्चालन गर्नका लागि संघीय सरकारसंग आवश्यक समन्वय गर्ने नीति छ ।

साथै, विराटनगर एयरपोर्टबाट प्रदेशभित्रका सवै हवाई मैदानहरुमा उडान सेवा शुरु गराईने समेत उल्लेख गरिएको छ । आन्तरिक र बाह्य पर्यटनको लागि धरान, उदयपुर, धनकुटा लगायतका क्षेत्रमा विमानस्थल निर्माण गर्ने र झापाको भद्रपुर विमानस्थलको स्तरोन्नतिको कार्य अगाडि वढाइनेछ ।

प्रदेशमा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुलाई जोड्ने यातायात तथा पदमार्गहरुलाई व्यवस्थित गरिनेछ । प्रदेश सरकारले एक नम्बर प्रदेशमा पर्यटन प्रवद्र्धन गर्नको लागि केवलकार संचालनको अवधारणा ल्याएको छ । त्यस्तै विराटनगर–धरानको लागि मोनेरेल सञ्चालन गर्ने योजना सहितको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

ताप्लेजुङको फुङ्गलिङ्ग–पाथिभरा, धरान–भेडेटार, जयरामघाट–हलेसी, वराहक्षेत्र–सूर्यकुण्ड, फाप्लु–लुक्ला,–नाम्चे–सगरमाथा वेसक्याम्प, वाह्रविसे–सभापोखरी, केरावारी–जेफाले, अन्तुडाँडा– मंगलवारे, माइपोखरीलगायतका अन्य संभाव्य स्थानहरुमा केवलकार संचालन गर्ने गरी निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  यता चतरादेखि किमाथांका र चतरा सुनकोशी जलमार्ग संचालनको संभाव्यता अध्ययन गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका