प्रदेश २ : मोदीको भ्रमण खर्च सार्वजनिक नभएसम्म सदन अवरुद्ध

(जेष्ठ २७, जनकपुर) । प्रदेश नं. २ को प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको खर्च सार्वजनिक नभएसम्म सदन अवरुद्ध गर्ने बताएको छ ।

मोदीको जनकपुर भ्रमणको एक महिना बित्दा पनि प्रदेश सरकार भ्रमणको खर्च सार्वजनिक नगरेको आरोप लगाउँदै खर्च विवरण सार्वजनिक नभएसम्म प्रदेशसभाको बैठक चल्न नदिने जनाएको छ ।

मोदीको जनकपुर भ्रमणको क्रममा भएको खर्चमा अनियमितता भएको प्रमुख प्रतिपक्षी दल कांग्रेसको अरोप छ । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची भएपनि काँग्रेसको अडानका कारण हिजो पनि प्रदेश सभाको बैठक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका