प्रम ओलीको चेतावनी : नागरिकलाई आतंकित पार्ने, हिंसाको बाटो रोज्ने कसैलाई सरकारले छाड्दैन

(जेष्ठ २६, विराटनगर) । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको आतंकित पार्ने, हिंसाको बाटो अवलम्बन गर्ने जो कोहीलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् ।

प्रदेश नम्बर १ को प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको जीउ धनसँग खेलबाड गर्ने छुट कसैलाई नरहेको बताएका छन् । नागरिकको शासन स्थापित भइसकेको भन्दै प्रम ओलीले विप्लव प्रति संकेत गर्दै भने चन्दा उठाउनकै लागि अझै पनि क्रान्ति भन्दै हिँडेको बताएका छन् । अब कसका लागि आन्दोलन ? कस्का लागि क्रान्ति ? भनी प्रश्न समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्र र राष्ट्रियताको लागि वर्तमान सरकार जस्तो सुकै कार्य गर्न एक इन्च पनि पछि नहट्ने बताउँदै सार्वभौमसत्ता, अखण्डतामा प्रश्न उठाउने विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने उल्लेख गरेका छन् । उहाँले पृथकतावाद, बिखण्डनवाद, भौगोलिक अखण्डतालाई बिथोल्ने काम स्वीकार्य हुनै नसक्ने समेत उल्लेख गरेका छन् ।

उनले प्रदेश एकको प्राकृतिक अवस्था असाधारण भएकोले आफ्नो प्रदेशको सम्पत्तिको उचित प्रयोग गरेर देखाउन पनि उनले आग्रह गरे। ‘सगरमाथासहितका हिमालहरूको प्रदेश हो यो,’ उनले भने, ‘यो प्रदेशमा भएका सम्पत्तिहरूको प्रयोग प्रदेशको विकास र उत्थानका लागि गर्नुपर्छ।’ प्रधानमन्त्री ओली भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाउन पनि आग्रह गरेका छन्। उनले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि नछोड्ने कुरा प्रदेश १ मा पुगेर पनि दोहोर्‍याएका छन्। ‘हामीले शासन गर्नका लागि नभई सेवा, सुशासन र विकासका लागि काम गर्नुपर्छ,’ उनले भने, ‘यो देशका सबै नागरिकलाई समृद्धितर्फको यात्रामा डोर्‍याउने जिम्मेवारी हामी जनप्रतिनिधिको काँधमा छ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४

काठमाडौँ, ८ भदौ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट