प्रदेशको बजेटले विकासका पूर्वाधार खडा गर्नेछ : मुख्यमन्त्री राई

(जेष्ठ २५, विराटनगर) । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास र समृद्धि ल्याउने कार्यमा ट्रष्ट तथा प्रतिष्ठानले दिनदुःखीको सेवा गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

हरिसिंह–उषादेवी दुगड च्यारेटेवल ट्रष्टको वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार यहाँ आयोजित पत्रकारिता पुरस्कार, छात्रवृत्ति प्रदान तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै उहाँले ट्रष्टले शिक्षा, स्वास्थ्य, पत्रकारिता र सामाजिक कार्यमा गरेको सेवा समाजका लागि अनुकरणीय रहेको बताउनुभयो ।

मुख्यमन्त्री राईले जनताको लामो त्याग र वलिदानवाट आफ्नै हातले निर्माण गरेको संविधानबाट मुलुकमा शान्ति, सुशासन कायम भई मुलुक आर्थिक समृद्धितर्फ उन्मुख भइरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले यही जेठ २७ गते नीति तथा कार्यक्रम र असार १ गते ल्याउने बजेटबाट यस क्षेत्रको उद्योगीकरण, रोजगारी, विकासका पूर्वाधार खडा भै उत्कृष्ट प्रदेश निर्माणको जग बस्ने बताउनुभयो ।

सांसद तथा ट्रष्टका अध्यक्ष मोती दुगडले आफ्नो पिताको नाममा स्थापित ट्रष्टले आगामी दिनमा अझ फराकिलो स्तरमा समाजसेवा गर्ने बताउनुभयो । कार्यक्रममा मारवाडी सेवा समितिका सुरेश शर्मा, डा. मिनाक्षी नेपाल, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष बन्दु पोखरेल लगायतले टष्ट्रले गरेको कार्यक्रमबारे चर्चा गर्नुभएको थियो ।

सो अवसरमा मुख्यमन्त्री राईले पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका विनोद भण्डारीलाई रु ३१ हजार १११, महिला पत्रिकारिता पुरस्कारबाट बी एफएमकी उमा थापा पोखरेललाई रु ११ हजार १११, सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गर्नुभयो । यसैगरी मुख्यमन्त्री राईले दुई जना छात्रवृत्ति पुरस्कार रु सातरसात हजार राहुल राजवंशी र कृष्ण मुडयारीलाई प्रदान गर्नुभयो भने औषधि उपचार खर्च रु ११ हजार मनोज भगतलाई प्रदान गर्नुभयो । –रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका