नेकपामा भातृसंगठनको एकता : युवा संघ र वाइसिएलको विधान तथा संगठन प्रस्ताव समिति गठन

(जेष्ठ २५, काठमाडौं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठनहरुको एकताको प्रकृया अघि वढेसँगै युवा संघ नेपाल र वाइसिएल नेपालको विधान तथा संगठनको संरचना प्रस्ताव समिति गठन गरेको छ ।

युवा संघ नेपाल र वाइसिएल नेपाल एकता कार्यदलको बैठक विहिवार नेकपाको कार्यालय पेरिसडाडामा सम्पन्न भयो । युवा संघ र वाइसिएल नेपालका ईन्चार्ज र अध्यक्ष क्रमश: महेन्द्र पाण्डे, मणि थापा, रमेशकुमार पौडेल र रामप्रसाद सापकोटा ‘दीपशिखा’ सदस्य रहेको कार्यदलले विधान तथा सगठनको संरचना प्रस्ताव समिति गठन गरेको छ ।

दुबै संगठनका महासचिवहरु क्रमश नरेश शाही र सुवोध श्रीपाली, सचिवहरु युवा संघबाट वचन सिह र रमेश आचार्य, वाइसिएलबाट ज्ञानेन्द्र गुरुङ रहेको समिति गठन गरिएको छ ।

त्यस्तै, ३० गते बिहान युवा संघ र दिउसो वाइसिएलको बैठक हुने भएको छ । दुबै बैठकलाई दुबै संगठनका ईन्चार्ज कमरेडहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने ३१ गते सयुक्त बैठक पार्टी कार्यालय पेरिसडाडामा बिहान ८ बजेबाट शुरु हुनेछ ।

त्यस्तै यो बैठकले अब बन्ने केन्द्रीय समितिको तयारी गर्न अध्यक्षलाई जिम्मेवारी दिएको छ । बैठकले संगठनहरुको एकता सकेसम्म छिटो टुङ्गोमा पुर्‍याउने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।