काठमाडौँ, २७ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सयले बढेर ८६ हजार ८ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





