काठमाडौँ, २३ फागुन । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सयले बढेर ८६ हजार १ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८५ हजार ६सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रह्दै तोलाको १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





