बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो

काठमाडौँ, १८ फागुन । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक  परिसूचक  देखापर्दै  गर्दा  बैङ्क  तथा  वित्तीय  संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ । पछिल्लो  एक  सातामा  वाणिज्य  बैङ्कहरूको  कर्जा  लगानी २७   अर्ब   रुपियाँ   पुगेको   छ ।   

नेपाल   बैङ्कर्स   एसोसिएसनको तथ्याङ्कअनुसार फागुन ७ देखि १४ सम्मको अवधिमा २७ वाणिज्य बैङ्कले २७ अर्ब रुपियाँ कर्जा लगानी गरेका हुन् । कोरोना  महामारीका  बेला  लगाइएको  बन्दाबन्दी  हटाइएयता अर्थतन्त्रले  सकारात्मक  सूचक  देखाउन  थालेको  हा ।  

निर्यातमा बढोत्तरी, महँगीमा कमी र विपे्रषणमा वृद्धिलगायतले अर्थतन्त्र सुधारको दिशामा जान थालेपछि बैङ्कहरूको व्यवसाय विस्तार पुरानै अवस्थामा आएको हो। कर्जा  लगानी  बढे  पनि  सोही  अवधिमा  निक्षेप सङ्कलनको  वृद्धिद्  भने  कम  देखिएको  छ ।  एक साताको  सोही  अवधिमा  बैङ्किङ  प्रणालीमा  ११  अर्ब रुपियाँ निक्षेप थपिएको छ ।

समग्रमा  फागुन  १४  सम्ममा वाणिज्य  बैङ्कहरूले  ३८  खर्ब नौ  अर्ब  रुपियाँ  निक्षेप  सङ्कलन गरेका  छन्  भने  ३३  खर्ब  ६२  अर्ब रुपियाँ  कर्जा  लगानी  गरेका  छन् ।  नेपाल राष्ट्र बैङ्कका अनुसार सोमबारसम्म बैङ्किङ   प्रणालीमा   ७१   अर्ब   रुपियाँ तरलता रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।