राजपाले केन्द्र तथा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ : महासचिव सुमन

(जेष्ठ २३, काठमाडौं) । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले केन्द्रिय सरकारलाई दिएको समर्थन तथा प्रदेश २ को सरकारबाट फिर्ता हुने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सुमनले फोरम नेपाल केन्द्र सरकारमा सहभागी भएपछि महासचिव सुमनले प्रदेश सरकारबाट आफूहरु फिर्ता हुने स्पस्ट पारेका हुन् । मधेश आन्दोलनको भावना विपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाउँदै उनले नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढीमात्रै भएको दावीसमेत गरेका छन् ।

महासचिव सुमनले भने ‘ढटुँवा कम्युनिस्टहरुलाई हामी समर्थन गर्दैनौं, त्यसैले २५ गतेको बैठकबाट ढटुँवा कम्युनिस्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं ।’ नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौ हामीलाई मत दिनुहोस् भनेर ढाँटेको बताउँदै उनले अब ढटुँवा कम्युनिस्टहरुलाई दिएको समर्थन जारी नरहने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै