‘मिसेस् युनिभर्स २०१८’ मा नेपालबाट मनिषाको प्रतिनिधित्व

(जेठ २२, काठमाडौँ) ।  फिलिपिन्सको मनिलामा आयोजना हुने ‘मिसेस् युनिभर्स २०१८’ मा नेपालको प्रतिनिधित्व मनिषा डंगोल श्रेष्ठले गर्ने भएकी छन् ।

ई प्लानेट प्रा.लिले श्रेष्ठलाई  राजधानीमा एक कार्यक्रमका गरि  ‘मिसेस् नेपाल युनिभर्स २०१८’ को ताज पहिर्याउँदै ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने प्रतिनिधिको रुपमा सार्वजनिक गरेको हो  ।

कार्यक्रममा पूर्व मिसेस् नेपाल दीपा शाही राणा, लिटिल मिस वल्र्ड युनिभर्स विशेषता बुढाथोकीले मनिषा शालाई मिसेस् नेपाल युनिभर्स २०१८ को ताज लगाइ दिएका थिए ।

 सिटि अफ लन्डन कलेजबाट स्नातकोत्तरको अध्ययन पूरा गरेकी उनले प्रतियोगीतामा नेपालीको नाम उच्च राख्दै नेपाली कला–संस्कृति अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने कार्यक्रममा बताइन् ।

३० भन्दा बढी देशको प्रतिनिधित्व रहेन मिसेस् युनिभर्स २५ देखि ४५ वर्षसम्मका विवाहिता महिलाहरु सहभागी हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिता जिम्मेवार जीवनसाथी, महिला सशक्तिकरण तथा मानव अधिकार प्रति समर्पित रहेको आयोजकले जानकारी दिएका  छन्  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्