धनगढी त्रिनगरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

काठमाडौँ, ४ फागुन । डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको त्रिनगर कृषिउपज हाट बजारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकका निर्देशक सुवासचन्द्र घिमिरेले हाटबजारमा क्यूआर कोडमार्फत भुक्तानी गरी सेवाको आरम्भ गरे । क्यूआर कोड सेवा सुरु भएसँगै हाटबजारमा तरकारी तथा फलफूल किन्न जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूलको रकम पसलेलाई सीधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

बैंकका नायब महाप्रबन्धक सर्जुकुमार थापाले बैंक देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवा प्रदान गर्न तत्पर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।