नेपाली चेलीको नाममा बन्यो अमेरिकामा सूक्ष्मग्रह ‘देविना थापा’

(जेठ २०, एजेन्सी)  । अमेरिकाको म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी विश्वबिद्यालयले नेपाली  चेलीलाई सम्मान गर्दै सूक्ष्मग्रहको नाम ‘देविना थापा’ नामाकरण गरिदिएको छ ।

विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने क्रममा देवीना थापाको अनुसन्धान कार्यको सम्मान गर्दै नयाँ ग्रहको नाम ‘देविना थापा’ राखीएको छ ।

म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी(एमआइटी) लिङ्कन प्रयोगशाला अन्तरिक्ष बिभागका प्रमुख ग्रान्ट एच स्टोक्सले देविना थापालाई सन् २०१७ मा दोश्रो इन्टेल अन्तर राष्ट्रिय बिज्ञान तथा इन्जिनियर्स मेलामा दोश्रो स्थान हासिल गरेकोमा तिमिलाई सम्मान गर्दै सूक्ष्म ग्रहको नाम राखेको घोषणा गरेको पत्र लेखेका छन् ।

थापाले नेपालमा आएको भूकम्पले धनजनको क्षति भएपछि पैसा संकलन गरेर शिक्षण अस्पताल महाराज गंजलाई १ लाख २० हजार तथा आफ्नो जन्म दिन स्विट सिक्सटिनको अवसरमा उनले प्राप्त रकम ५० हजार नेपाली रुपैया माइती नेपाललाई दिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको १५औं महाधिवेशनका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार थापालाई बधाई दिएका छन् । १५औं

धनुषा, २४ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको वर्तमान राजनीतिक निकास र

काठमाडौँ, २४ असोज । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुभकामना दिंदै यो यात्रा सुरु भएको तर

काठमाडौँ, २४ असोज । नेकपा (एमाले) निकट अनेरास्ववियुको महासचिव अञ्जना सिवाकोटीले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकार निरंकुश तथा लोकतन्त्रालाई नै