माछापुच्छ्रे बैकको आफ्नै मोबाइल वालेट

काठमाडौँ, ३० माघ । माछापुच्छ्रे बैंकले आफ्नै मोबाइल वालेट ‘रेमिट्याप’ सञ्‍चालन ल्याएको छ ।

बैंकिङ क्षेत्रमा विभिन्न ट्रेन्ड सेट गर्दै आइरहेको बैंकले विशेषगरी डिजिटल बैंकिङमा नयाँ खोज र अनुसन्धान गर्दै नयाँ सेवा र सुविधा आफ्ना ग्राहकमाझ सञ्‍चालन गर्दै आएको जनाएको छ । यसै क्रममा डिजिटल बैंकिङ सुविधालाई हरेक तहसम्म पुर्याउने उद्देश्यले बैंकले आफ्नै मोबाइल वालेट सञ्‍चालनमा ल्याएको जनाएको छ ।

रुबस्ट् टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोबाइल वालेट अत्यन्त सुरक्षित र चलाउन सहज रहेको बैंकले जनाएको छ । रेमिट्यापमा नेपालमा यसअघि कुनै पनि वालेटमा नभएका विशेषताहरु भर्चुअल कार्ड सिर्जना गरी उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअलकार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण भिडियोमार्फत अपलोड गर्न सकिने लगायतका नयाँ विशेषताहरु रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।