काठमाडौँ, २२ माघ । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९ सयले घटेर सुन प्रतितोला ९१ हजार १ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९१ हजार ६ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





