प्रभु बैंकले ६ महिनामा कमायो डेढ अर्ब मूनाफा

काठमाडौँ, १४ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैंक लिमिटेडले राम्रो प्रगति गरेको छ ।

आज बैंकले सार्वजनिक गरेको अपस्कृत वित्तीय विवरण अनुसार अधिकांश सूचकहरुमा सुधार देखिएका छन् ।

बैंकले ६ महिनामा खुद नाफामात्रै ३९.८७ प्रतिशतले बढाएको छ । यस अवधीमा प्रभुले १ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधीमा बैंकले १ अर्ब ८ करोड रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । प्रभुको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएको छ भने कर्जा २६.८२ अंकले वृद्धि भएको छ । रिर्पोर्टअनुसार बैंकले ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ९.७२ प्रतिशत बढेर २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४२.७३ प्रतिशत बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड हुँदा जगेडा कोषमा ३ अर्ब ८५ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब २१ करोड रुपैयाँ सञ्चित थियो । बैंकको प्रतिसेयर आम्दानी २६.७७ रुपैयाँ देखिएको छ भने प्राइस अर्निङ रेसियो १५.३१ रुपैयाँ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।