नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौँ, ४ माघ । आज आइतबार सेयर बजार हरियाली देखिएको छ । जलविद्यतु् बाहेकका सबै समूह बढेर हरियाली छाएका छन् भने सेयर कारोबरा मापक नेप्से परिसूचक २८.४६ अंकले उकालो लागेको छ ।

दिनभर भएका ५० हजार ६ सय ७ कारोबारबाट २०८ कम्पनीका १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् । जसमा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७ सय ८२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा कारोबार हुने मध्ये जलविद्युत समूह ७.२ अंकले ओरालो लागेको छ । अन्य समूह भने सबै बढेका छन् । बैंकिङ १ अंक मात्रैले बढ्दाखेरी व्यापार समूह भने सबै भन्दा धेरै बढेको छ । व्यापार समूहको परिसूचक ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

आइतबार कारोबार संख्या तथा कारोबार रकमका आधारमा समेत वाणिज्य बैंकहरु नै देखिएका छन् । वाणिज्य बैंकहरुकोमात्रै १३ हजार २५ कारोबारबाट ३८ लाख ४५ हजार ७ सय २८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम एक अर्ब ५१ करोड ५० लाख ८३ हजार ७ सय पुगेको छ ।

दोस्रोमा भने फाइनान्स कम्पनी देखिएको छ । फाइनान्स कम्पनीको २ हजार ५ सय ९९ कारोबारबाट ८ लाख १० हजार ५ सय १६ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने १९ करोड २२ लाख रुपैयाँ भन्दा धेरै भएको छ । यद्यपि, बैंक उपसमूह ०.०१ प्रतिशतले मात्रै उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।