ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

भक्तपुर, २१ पौष । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३, गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुर प्रहरीका अनुसार भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ६७८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ८२ ९७३७ नम्बरको स्कुटरलाई ठक्कर दिदा सूर्यविनायक–४, दधिकोट बस्ने ५८ वर्षीय नरहरि न्यौपानेको मृत्यु भएको हो ।

 ट्रकको पछाडिको चक्कामा परेर न्यौपाने गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा नागरिक अस्पताल, भक्तपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ वैशाख । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको बर्दिबास नगरपालिका-५ टुटेश्वर जंगलस्थित

काठमाडौँ, १५ वैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारले निःशुल्क रुपमा उपलब्ध

काठमाडौँ, १५ वैशाख । काठमाडौँको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको

काठमाडौँ, १५ वैशाख । आज पनि काठमाडौँ विश्वकै प्रदूषित सहरका रूपमा कायम रहेको छ । बिहान ७ बजे जारी आईक्यू