काठमाडौँ, ६ पौष । आज सेयर बजारमा नाटकीय उचारचढाव देखिएको छ । दिनभर तीव्र उतार-चढाव देखिएर बजार अन्नतः ३०.३३ अंक बढेरै बन्द भएको छ । सोमबार विहान १ हजार ९ सय १९ अंकबाट सुरु भएको बजार १० मिनेट नबित्दै १ हजार ८ सय ७५ अंकमा झर्यो । त्यसपछि थोरै तलमाथि भइरहेको बजार ११ बजेर ४४ मिनेट गएपछि उकालो लाग्न सुरु भयो । १२ बजेर ८ मिनेट जादा त बजारले उच्च गति नै थियो । यतिबेलासम्म बजार घट्ने होइन्, उल्टै बढेर नेप्से परिसूचक १ हजार ९ सय ६५ दशमव ५५ अंकमा पुग्यो ।
त्यसपछि पनि बजारको तीव्र उतारचढाव रोकिएन । १२ बजेर ९मिनेट पछि पुनः ओरालो झर्ने क्रम सुरु भयो । १२ बजेर २३ मिनेटमा परिसूचक ठ्याक्कै १ हजार ९ मा झर्यो । त्यसको केही मिनेटमा फेरि उकालो लागेेको बजार १२ बजेर ४३ मिनेट जादा १ हजार ९ सय ३० अंकमा पुगेर त्यसपछि ओरालो लाग्न थाल्यो ।
त्यसपछि १ बज्न केही मिनेट बाँकी छँदा बजारले उकालो गति लियो । अन्ततः बजार ३० अंकले बढ्दै १९६५.९५ अंकमा पुगेर बन्द यो । यो नेप्समा १.५७ प्रतिशतको वृद्धि हो ।





