माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

काठमाडौँ, २ पौष । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १०.४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

पोखरामा सम्पन्न बैंकको २२औं वार्षिक साधारणसभाले ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्तापुँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा एक अर्ब ७० करोड रुपैयाँ सञ्‍चित रहेको बैंकले जनाएको छ ।

साधारणसभाले सर्वसाधारण सेयरधनी समूहका तर्फबाट जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम र तथा सिर्जना कार्की भट्टराईलाई आगामी चार वर्षका लागि सञ्‍चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।