ज्योति विकास बैंकको ‘स्क्यान एन्ड विथ्ड्र’ सेवा सञ्चालनमा

काठमाडौँ, १६ मंसिर । ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विथ्ड्र’ सेवा सञ्चालनमा ल्याएको छ ।

सो सेवाअन्तर्गत ग्राहकले आफ्नो मोबाइल फोनमा भएको ज्योति स्मार्ट एपमार्फत् बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरि आफ्नो  खाताबाट सजिलै रकम झिक्न सक्नेछन् ।

स्क्यान एन्ड विथ्ड्रमार्फत् काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी चेकको प्रयोग बिना नै खाताबाट रकम झिक्न सकिने छ । बैंकले यो सेवा देश भरिका १ सय ५ वटै शाखा कार्यालयबाट एकैपटक सुरुवात गरेको छ । सो सेवा संचालन पश्चात ग्राहकहरुले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटीएम कार्ड बोकिरहनुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।