नेप्से २ हजार विन्दुको नजिकै

काठमाडौँ, १५ मंसिर । शेयर बजार परिसूचक नेप्से सोमबार झण्डै २९ अङ्कले बढेको छ । नेप्से २८ दशमलव ७९ अङ्कले बढेर १९ सय ९७ दशमलव शून्य ५ विन्दुमा पुगेको छ । कारोबार सुरु भएको केही बेरमै दुई हजार २७ विन्दुमा पुगेको नेप्से फेरि घटबढ हुँदै १९ सय ९७ विन्दुमा रोकिएको हो ।

बैंकिङ समूहको शेयर सोमबार भने ७ दशमलव ३ अङ्कले घटेको छ । आज विकास बैंक र फाइनान्स समूहको शेयर पनि घटेको छ । आज जीवन बीमा समूहको शेयर ८ सय २३ अङ्कले, निर्जीवन बीमा समूहको १ सय ९३ अङ्कले, व्यापार समूहको १ सय ५१ अङ्कले, जलविद्युतको ७९, उत्पादन समूहको ७३, अन्य समूहको ४० र माइक्रो–फाइनान्स समूहको शेयर ३७ अङ्कले बढेको छ ।

साेमबार एक सय ५८ कम्पनीका दुई करोड ५१ लाख ९१ हजार कित्ता शेयर आठ अर्ब ८६ करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ३८ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साेमबार युनाइटेड मोदी जलविद्युत्, माथिल्लो तामाकोशी जलविद्युत् लगायत नौ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनीका शेयरधनीले १० प्रतिशतभन्दा धेरै गुमाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।