ज्योति लाईफ इन्स्योरेन्सको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ, २६ कार्तिक । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर, काठमाडौँमा आज कम्पनीको तेस्रो साधारणसभा सम्पन्न भएको हो । हालको परिस्थितिलाई मध्यनजर गर्दै सभामा शेयरधनीहरुलाई जुमबाट पनि सहभागी हुने व्यावस्था मिलाईएको थियो । सभामा कम्पनीका संचालक, शेयरधनी, नियामक निकायका प्रतिनिधि, कार्यकारी प्रमुख, उच्च व्यवस्थापनका पदाधिकारी तथा कर्मचारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुतीको क्रममा आ.व.०७५/७६ मा प्रथम बीमाशुल्क तथा नविकरण शुल्क कुल रु १,०१,७५,८८,०४९/– (अक्षरेपी रु एक अरब एक करोड पचहत्तर लाख अठासी हजार उनन्चास रुपैया मात्र) बीमा शुल्क संकलन गर्दै रु रु ६९,२४,६५,८६३/- ( अक्षरेपि रु उनान्सत्तरी करोड चौविस लाख पैसठ्ठी हजार आठसय त्रिसठ्ठी रुपैया मात्र) को जीवन बीमाकोष समेत खडा गरेको र सम्भावित जोखिमको मूल्याङ्कन तथा व्यवस्थापन गर्दै कम्पनीले बिभिन्न बैंक तथा वित्तियसँस्थाहरुमा अल्पकालिन तथा दिर्घकालिन लगानी गरेको र जसको औषत प्रतिफल १०.५० प्रतिशत रहेको जानकारी गराउँदै यस आर्थिक वर्षमा कम्पनीले रु १८,७२,३२,०६१ /– खुद मुनाफा आर्जन गर्न सफल भएको उल्लेख गर्नुभयो ।

साधारणसभाले संचालक समितिको प्रतिवेदन, आ.व. ०७५/७६ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आ.व. ०७६/७७ को लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गर्यो । साधारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने रु. ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव समेत सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको जानकारी गराइयो ।

उक्त सभामा कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले पछिल्लो प्रगति विवरण जानकारी गराउने क्रममा ११७ वटा शाखा तथा उपशाखाहरु ७२ जिल्लामा आफ्नो ब्यवसायिक उपस्थिति जनाई जीवन बीमा ब्यवसाय गरि रहेको र साथै आ. ब. ०७५/०७६ मा कुल रु १०,७८,७४,७२६/– वितरणयोग्य मुनाफा आर्जन गरि कम्पनीको प्रतिशेयर मुल्य रु १२०.७९ पुर्याई आघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा शेयर किताबी मुल्यमा समेत ११.१७ प्रतिशतले वृद्घि गर्दै बीमितलाई प्रदान गर्ने बोनस दरमा समेत उल्लेख्य वृिद्घ गर्न सफल भएको कुरा जानकारी गराउनुभयो ।

आर्थिक वर्षमा कम्पनीले ISO 9001:2015  Certificate समेत प्राप्त गरि नेपाली जीवन बीमा कम्पनीहरु मध्ये ISO Certificate प्राप्त गर्ने पहिलो नेपाली जीवन बीमा कम्पनी बन्न सफल भएको र कम्पनीको उक्त सफलता अनुभवि संचालक समितिको मार्गदर्शन र दुरदर्शी नीति, ब्यवस्थापनको उत्कृष्ट जोखिम व्यवस्थापनको अभ्यास, सक्षम आन्तरिक नियन्त्रण प्रणाली साथै प्रचलित नीति नियम, नियामनकारी निकायहरुको निर्देशनहरुको प्रभावकारी कार्यान्वयन तथा कम्पनीका सम्पूर्ण कर्मचारीहरुको अहोरात्र अथक परिश्रमको फल रहेको जानकारी गराउँदै संचालक समिति लगायत व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरु प्रति हार्दिक आभार ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।