नेप्से परिसूचक २ अंकले घट्यो

काठमाडौँ, १९ कार्तिक । आज सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ३९ अंकले घटेर १६४० दशमलव ६५ अंकमा झरेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ११ अंकले ओरालो लागेको छ । कारोबार रकम भने १ अर्ब ७५ करोबार भन्दा धेरै देखिएको छ । दिनभर भएका २४ हजार ८२ कारोबारबाट २०२ कम्पनीका ५६ लाख ३१ हजार ६ सय ४ कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार कारोबार रकम १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९ सय ५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । त्यस्तै आज सबैभन्दा धेरै गुमाउने कम्पनीमा शिवश्री हाइड्रोपावर कम्पनी देखिएको छ । यसको सेयर मूल्य ९ रुपैयाँले घटेको छ । यसैगरी दोस्रो नम्बरमा कामना सेवा विकास बैंक र तेस्रो नम्बरमा समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

धेरै गुमाउनेहरुको चौथो नम्बरमा राष्ट्रिय बीमा कम्पनी र पाँचौ नम्बरमा नेपाल फाइनान्स क्मनीका लगानीकर्ताहरु देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।