मन्त्री मगरका कारण नेकपा फुटको संघारमाः योजनाकार अध्यक्ष प्रचण्ड

काठमाडौँ, १९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलीमा टुङ्गो र दम नभएको नेताको रुपमा स्थापीत हुँदै जानुभएको पूर्वमाओवादी कै नेता तथा उद्योग, वाणिज्य तथ आपूर्तीमन्त्री लेखराज भट्टले प्रचण्डको इतिहास नै सार्वजनिक गरिदिनुभएको छ ।

नेकपाको स्थायी कमिटी सदस्य समेत रहनुभएका मन्त्री भट्ट भन्नुहुन्छ, ‘पार्टी फुट्दैन । प्रचण्डले बोलेको कुरा के नै सत्य सावित भएको छ र ? प्रचण्ड एउटा वोल्नुहुन्छ, गर्न अर्को गर्नुहुन्छ तर सफल कहिँ कतै हुनुहुन्न । यो त उहाँको पहिचान नै भइसक्यो । त्यसैले उहाँको कुरामा विश्वास वा भर पर्ने अवस्था छैन ।’

पछिल्लो समय नेकपा भित्र आन्तरिक विवाद व्यपाक मात्रामा चुलिएको छ, त्यो हो पद । जसमा अध्यक्ष प्रचण्ड तथा माधव कुमार नेपाललाई प्रधानमन्त्री चाहिएको छ । त्यस्तै स्रोतका अनुसार प्रचण्डकी बुहारी विना मगरको मन्त्री पद बचाउनु छ, मेलम्चीको नाममा भ्रष्टाचार गर्नु छ, लडाकु समायोजनमा भएको अर्वौ सम्पती छानविन हुन नदिनुछ, छानविनलाई रोक्नु छ, जनताको विकास प्रतिको चाहनालाई घाममा लगेर सुकाउनु छ, अप्रत्यक्ष रुपमा विप्लव समूहलाई सहयोग गर्नुछ । यस्ता उदाहरण त केवल एक दुई वटा मात्र हुन । यस्ता सयौं घटनाहरु छन्, जो नेपाल र नेपाली जनताको भाग्य र भविष्य माथि खेलवाड गर्नुहुन्छ, अध्यक्ष प्रचण्ड र उहाँकी बुहारी विना ।

नेकपाको स्थायी कमिटीले सरकारलाई मन्त्रिपरिषद् पुनर्गठन गर्न भनेको थियो । सो अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरेपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नाम नदिदाँ पुनर्गठन हुन नसकेको खुलासा भएको छ । सचिवालय बैठकमै प्रधानमन्त्री ओलीले दुई वर्ष कार्यकाल पुरा गरेका मन्त्रीलाई विदा गर्ने र नयाँ मन्त्री चयन गर्ने योजना सुनाउनु भएको थियो । दुई वर्षे कार्यकाल पुरा गरेकामध्ये केहीलाई निरन्तरता दिने पक्षमा प्रधानमन्त्री रहनु भएको थियो ।

स्रोतका अनुसार कार्यकारी अध्यक्ष प्रचण्ड कुनैपनि हालतमा आफ्नी बुहारी बिना मगरलाई मन्त्रीबाट नहटाउने पक्षमा उभिनु भएको छ । मेलम्चीको पानी काठमाडौँ ल्याउँछु भनेर महिनेपिच्छे भाका राखेपनि करिब ३ वर्षसम्म कहिले पानी काठमाडौँ आउँछ भनेर ग्यारेन्टि गर्न नसकेपछि उहाँको काममा पटक पटक प्रश्न उठिरहेको छ । पुराना मन्त्रीलाई निरन्तरता दिईरहँदा नयाँले अवसर नपाउने भएपछि पुनर्गठनको तयारी गरेर प्रधानमन्त्री ओलीले प्रचण्डसँग नाम माग्नु भएको थियो ।

प्रचण्डको योजनाअनुसार ओलीलाई हटाउन प्रयोग गरेका हरेक हतकण्ठामा आफुलाई साथ नदिने पूर्वमाओवादी खेमाका गृहमन्त्री थापा, उद्योगमन्त्री लेखराज भट्टलाई कुनै पनि हालतमा हटाउनुपर्ने अडान लिनु भएको थियो । लामो समयको हठका कारण विगतमा पूर्वएमालेको पक्षबाट मन्त्री बनेका र खाली मन्त्रालयमा प्रधानमन्त्रीले नियुक्ति गर्नुभएको एक नेताले जानकारी दिनुभयो । लामो समय मन्त्री नहुँदा काममा समेत असर परेको र प्रचण्डले नामनै नदिएपछि पुनर्गठन तिहारपछि गर्नेगरी प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्त गर्नुभएको हो । त्यसमा पनि कार्यकारी अध्यक्ष प्रचण्डले निहुँ खोजेको उनिहरुको भनाई छ ।

बुहारी विनालाई मन्त्री पदमा यथावत राख्न नसकिने भएपछि अध्यक्ष प्रचण्डले पार्टी नै विभाजनको संघारमा पुर्याउन योजना बनाउनुभयो । बुहारीको मन्त्री पद कुनै पनि हालतमा बचाउनुपर्छ, आफ्नो अधिपत्य जमाउनुपर्छ, आफ्नो भए जति सवै आफन्तलाई राज्यका महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुपर्छ, आफ्नो अधिनमा नै पार्टी तथा सरकार हुनुपर्छ, अध्यक्ष प्रचण्डको योजना हो । जसको योजनामा माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगातका नेताहरु पनि पर्नुभयो । नकरात्मक योजनाकारका मायुर खेलाडीको रुपमा परिचित हुनुभएका अध्यक्ष प्रचण्डको जालमा परेर पूर्वएमालेका नेताहरुले समेत कुर्सीको स्वार्थ तथा विदेशी शक्ति वा एजेण्टको रुपमा साथ र समर्थन गर्न सफल हुनुभएको छ । जसका कारण पार्टी फुटको संघारमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन्जी आन्दोलनमा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध

जनकपुरधाम, ११ कार्तिक  । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले जनकपुरधामस्थित गङ्गा सागर पोखरीको

काठमाडौँ, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank

अर्घाखाँची, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई