आज नेप्सेमा सामान्य सुधार

काठमाडौँ, १८ कार्तिक । आज सेयर बजार परिसूचक नेप्से सामान्य बढेर बन्द भएको छ ।

मंगलबार नेप्सेमा वाणिज्य बैंक र विकास बैंक बाहेक सबै समूहको सूचकमा सुधार हुँदा नेप्से पनि सामान्य बढेको छ । 

आज बजार परिसूचक नेप्से  ५.४० अंकले बढेर १६४३.०४ अंकमा बन्द भएको छ  । बैंकिङ समूहको सूचक २.१७ अंक (०.१७ प्रतिशत) र विकास बैंक समूहको सूचक ०.७६ प्रतिशतले ओरालो लाग्दा पनि अन्य समूहको सूचक १.३९ प्रतिशत, निर्जीवन बिमा  समूहको सूचक २.१८ प्रतिशत र व्यापार समूहको सूचक ४.८ प्रतिशतले वृद्धि हुँदा नेप्से पनि बढेको छ । बैंकिङ र विकास बैंक समूहको सूचक बाहेक सबै समूहको सूचक आज सकारात्मक भएका छन् । 

आज नेप्सेमा २९ हजार ६०६ वटा कारोबारबाट ७७ लाख ५७ हजार ३५३ कित्त सेयर किनेबच हुँदा २ अर्ब २३ करोड ७९ लाख ६५ हजारको कारोबार भएको छ । सोमबार नेप्सेमा करिब साढे २ अर्बको कारोबार भएको थियो । आज सबैभन्दा धेरै नेपाल दुरसञ्चार कम्पनीको १० करोड ३ लाख २२ हजारको कारोबार भएको छ । विशाल बजार कम्पनी, समिट लघुवित्त, पाँचथर पावर कम्पनी र शिवश्री हाइड्रोपावरको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । गुमाउनेमा भने महलक्ष्मी विकास बैंकका लगानीकर्ता अगाडी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।