नेप्से घट्यो

काठमाडौँ, १६ कार्तिक । शेयर बजार परिसूचक नेप्से आइतबार झण्डै पाँच अङ्कले घटेको छ ।

नेप्से चार दशमलव ७२ अङ्कले घटेर १६ सय ४० दशमलव ९५ विन्दुमा झरेको छ । बैंक, होटल, विकास बैंक, फाइनान्स, उत्पादन, जीवन बीमा र म्युचल फण्ड समूहको शेयर घटेको छ ।

व्यापार, जलविद्युत्, निर्जीवन बीमा, अन्य र माइक्रो फाइनान्स समूहको शेयर भने सामान्य बढेको छ । आइतबार एक सय ९६ कम्पनीका एक करोड ६ लाख २६ हजार कित्ता शेयर दुई अर्ब ९३ करोड नाै लाख रुपैयाँमा किनबेच भएका छन् ।

सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर कम्पनीको २३ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइतबार नेपाल फाइनान्स, विशाल बजार कम्पनी र हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ताले दश प्रतिशतका दरले कमाएका छन् । सानिमा इक्विटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै पाँच दशमलव ३० प्रतिशत गुमाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।