नेप्सेमा ७५ अंकको सुधार

काठमाडौँ, २६ असार । साताभर सेयर बजार परिसूचक नेप्से ५‍.९७ प्रतिशतले बढेको छ । साातमा पाँच दिनै कारोबार भएको बजारमा नेप्से परिसूचक चारदिन बढ्दा एक दिन भने घटेर बन्द भएको थियो । गत साता १२५६.११ अंकमा बन्द भएको बजार परिसूचक नेप्से यो साता ७४.९९ अंकले बढेर १३३१.१० अंकमा पुगेर बन्द भएको छ ।

सातभर नेप्सेमा १९७ कम्पनीको सेयर किनबेच हुँदा पाँच अर्ब १६ करोड दुई लाख रुपैयाँको कारोबार भएको छ ।  साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ९.३५ अंकले बढेर १२६५.४६ अंकमा बन्द भएको थियो भने बजारमा १७२ कम्पनीको २८ लाख ६ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा एक अर्ब तीन करोड ३३ लाख ९० हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।

यस्तै साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से बढेको थियो  । सोमबार बजार परिसूचक नेप्से ३३.२७ अंकले बढेर १२९८.७३ अंकमा बन्द भएको थियो  । उक्त दिन नेप्सेमा १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता सेयर किनबेच हुँदा ९२ करोड ७८ लाख ४१ हजार रुपैयाँबराबरको कारोबार भएको थियो । लगातार तेस्रो दिन मंगलबार पनि बजार परिसूचक बढेको थियो । मंगलबार नेप्से ३७।३९ अंकले बढेर १३३६.६६ अंकमा बन्द भएको थियो । उक्त दिन नेप्सेमा १७८ कम्पनीको २८ लाख ८३ हजार ९४८ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २१ करोड २४ लाख २६ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।

बुधबार भने बजारमा सामान्य करेक्सन देखिएको थियो । बुधबार बजार परिसूचक नेप्से १०.१३ अंकले घटेर १३२६.५४ अंकमा बन्द भएको थियो । उक्त दिन बजारमा १७९ कम्पनीको २९ लाख ७७ हजार ७०६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब सात करोड ८४ लाख २६ हजार रुपैयाँबराबरको कारोबार भएको थियो । तर साताको अन्तिम दिन बिहीबार भने बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएर बन्द भयो । शुक्रबार बजार परिसूचक नेप्से ४.४७ अंकले बढेर १३३१.१० अंकमा बन्द भएको छ । बिहीबार नेप्सेमा १७८ कम्पनीको २२ लाख २६ हजर २०३ कित्ता सेयर किनबेच हुँदा ९० करोड ८० लाख ८६ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

यो साता बजार परिसूचक नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि बढेको छ । गत साता २६९.०३ अंकमा बन्द भएको सेन्सिटिभ इन्डेक्स यो साता ११.३८ अंकले बढेर २८०.४१ अंकमा बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।