आधुनिकता छिरेपछी, गाउँ छैन गाउँमा,
साँचो गाउँले जिवन भन्ने नाउँ छैन गाउँमा
जब पस्यो डोजर त्यो, भत्काउदै कान्ला,
बरपिपल, धाराकुवा छेउछाउ छैन गाउँमा
एकमुठ्ठी साग पनि पुग्छ सदरमुकाम,
वल्लोपल्लो घर बाडी खाउँ छैन गाउँमा
कोहि सन्तान बिदेशमा, कोहि सहरमा,
बुढाबुढी जाने कतै ठाउँ छैन गाउँमा
रेमिट्यान्सको होर्डिङबोर्डले बाँझो खेतबारी,
खनजोत गरि खानेको त भाउ छैन गाउँमा
बम प्रकाश राई
धरान






