गजल

आधुनिकता छिरेपछी, गाउँ छैन गाउँमा,
साँचो गाउँले जिवन भन्ने नाउँ छैन गाउँमा

जब पस्यो डोजर त्यो, भत्काउदै कान्ला,
बरपिपल, धाराकुवा छेउछाउ छैन गाउँमा

एकमुठ्ठी साग पनि पुग्छ सदरमुकाम,
वल्लोपल्लो घर बाडी खाउँ छैन गाउँमा

कोहि सन्तान बिदेशमा, कोहि सहरमा,
बुढाबुढी जाने कतै ठाउँ छैन गाउँमा

रेमिट्यान्सको होर्डिङबोर्डले बाँझो खेतबारी,
खनजोत गरि खानेको त भाउ छैन गाउँमा
बम प्रकाश राई
धरान

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । आज दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका

काठमाडौँ, १३ भदाै । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट

काठमाडौँ, १३ भदाै । रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ । नेपाल प्रहरीले आज दिउँसो २:५० बजेको तथ्यांक

काठमाडौँ, १३ भदौ । नेपाल पर्यटन बोर्डका अनुसार भदौ १० गते आएको विनाशकारी भोटेकोशी तथा त्रिशूली बाढीपछि भदौ १३ दिउँसो १ः३०