१५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौँ, १३ भदौ । नेपाल पर्यटन बोर्डका अनुसार भदौ १० गते आएको विनाशकारी भोटेकोशी तथा त्रिशूली बाढीपछि भदौ १३ दिउँसो १ः३० बजेसम्म १८४ जना पर्यटकको उद्धार गरिएको छ भने तीन जना सम्पर्कमा आएका जनाएको छ ।

थप ४२० जना भने अझै सम्पर्कविहीन अवस्थामा रहेको बोर्डले बताएको छ । यो विवरण पर्यटक प्रहरी तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) बाट प्राप्त सूचनामा आधारित रहेको छ । 

बोर्डले सार्वजनिक गरेको छुट्टै विवरणमा भने बाढीबाट प्रभावित १५ देशका कुल १८७ पर्यटक उद्धार भएको उल्लेख छ । यसमा सम्पर्कमा आएका तीन जनालाई समेत समेट्दा पहिलो विवरणको १८४ उद्धार र तीन सम्पर्कमा आएको संख्या गरी कुल १८७ पुग्छ । 

उद्धार हुने विदेशी पर्यटकमध्ये भारतका सबैभन्दा धेरै ११४ जना छन् । त्यसपछि दक्षिण कोरियाका २०, चीनका २७, माल्टाका चार, जर्मनीका चार, इटालीका तीन, अमेरिकाका तीन, रुसका दुई, स्पेनका दुई, स्विट्जरल्यान्डका दुई र टर्कीका दुई जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको